☰ open Loading... 19 September 2024|  

अपाङ्गता सम्बन्धी अभिमुखीकरण
  | ८ आश्विन २०७९, शनिबार ०९:३९

दैलेख -नारायण नगरपालिका दैलेखका कार्यबाहक मेयर रेशम थापाले अपाङ्गता क्षेत्रमा ऐन निति तथा कार्यक्रम बनाउदै कार्यान्वयन गर्दै जाने बताए । नारायण नगरपालिका दैलेखमा भएको अपाङ्गता सम्बन्धी नीति, नियम र समाबेशिताको सवालमा २ दिने कार्यशाला गोष्ठीमा अबको आवश्यकता अनुसार तुरुन्तै कार्यविधि बनाएर अघि बढने कार्यबाहक मेयर थापाले जानकारी दिए ।

अपाङ्गता भएका ब्यक्तिको लागी आफुले कोभिडको महामारी देखि राहत बितरण गर्दै आएको र स्थानिय सरकार आफूबाट हुने सहयोग गर्न जहिले पनि पतिबद्ध रहेको उनले बताए । एभरेष्ट क्लव दैलेखले संचालन गरिरहेको पावर परियोजनाले नारायण नगरपालिका दैलेख संग समन्वय गरि कार्यक्रम संचालन गरेको परियोजना संयोजक भुपाल सिंह बोहोराले बताए। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागी वर्तमान ऐन नियम कानुनका बारेमा अभिमुखिकरण दिइएको उनले जानकारी दिए ।

यस्तै कार्यक्रममा बोल्दै एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक शाहीले अपाङ्गताका सवालमा स्थानिय स्तरमा निति निर्माण देखि अपाङ्गता मैत्री सेवा प्रदान गर्न सचेतना आवश्यक देखिएकोले नगरपालिका संग समन्वय गरेर कार्यक्रम संचालन गरेको जानकारी दिए । एभरेष्ट क्लव दैलेखले संचालन गरिरहेको हरेक परियोजनाहरु मार्फत समाबेशिताका सवालहरुलाई समेटीरहेको जानकारी दिदै स्थानिय निकायहरुले तयार गर्ने बार्षिक बजेट योजनामा संविधानले व्यबस्था अनुसार समेट्नु पर्ने कुरामा जोड दिए ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लले नारायण नगरपालिकाले पावर परियोजना संग साझेदारी गरि नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांङ्क संकलन गरि प्रकाशनको चरणमा रहेकोले यस कार्यशालाबाट प्रोफाईललाई अन्तिम रुप दिन सहयोग गर्ने विश्वास व्यक्त गर्दै, नगरपालिकाको आगामी योजनाहरु तयार गर्दा संकलीत तथ्यांङ्कलाई आधार मानि समाबेसि योजना बनाउने बताए । नारायण नगरपालिकाले पावर परियोजनाको प्राविधीक सहयोगमा संकलन गरेको अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क कार्यशालामा प्रस्तुत गरी प्रकाशनका लागी प्रकाशनको लागी तयारी गरिएको थियो । कार्यक्रम प्रशिक्षकको रुपमा राष्ट्रिय अपाङ्गता महासंघ लुम्वीनी प्रदेशका निबर्तमान अध्यक्ष देविदत्त आचार्य तथा प्रशिक्षक गणेश प्रशाद पाण्डेले संचालन गरेका थिए ।

कार्यक्रम नारायण नगरपालिकाका ११ वटै वडाका बडा अध्यक्षहरु विभिन्न शाखाका शाखा प्रमुखहरु, सेभ द चिल्ड्रेन परियोजनाका संयोजन प्रेम पुन,अपाङ्गता संञ्जाल नारायण नगरपालिका अध्यक्ष जित बहादुर जिसी पत्रकार लगायतको सहभागीता रहेको थियो ।कार्यक्रममा नगरपालिका बाट प्रदान गरिने हरेक सेवाहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी बढी भन्दा बढी समाबेस गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी योजना निर्माण गरिएको छ ।