☰ open Loading... 16 September 2024|  

थप ७४ जनामा कोरोना संक्रमण
  | ९ आश्विन २०७९, आईतवार ०५:२२

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।४ हजार १२६ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर परीक्षण गर्दा २९ जना र २ हजार ८९२ जनाको एन्टीजेन परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको हो ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार २८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १७ पुगेको छ ।