☰ open Loading... 19 September 2024|  

पहिरोका कारण कर्णाली राजमार्गसहित जाजरकोट सडक अवरुद्ध
  | १० आश्विन २०७९, सोमबार ०५:१७

अविरल वर्षातका कारण आएको पहिरोले कर्णाली राजमार्गसहित छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ। राजमार्ग अन्र्तगत दैलेखको मालाचौरमा र  छिन्चु–जाजरकोट सडक खण्ड  अन्तर्गत सुर्खेतको पोखरे भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

दैलेखको आठविस नगरपालिका –५ मालाचौरमा पहिरो गएका कारण आइतबार दिउँसोबाट राजमार्ग अवरुद्ध भएको छ। पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको छ।

त्यस्तै छिन्चु–जाजरकोट सडक अन्र्तगत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ पोखरेमा पहिरो जाँदा छिन्चु जाजरकोट सडक खण्डा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पोखरेमा पहिरोसहित सडकमा लेदो माटो थुप्रिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरो खुलाउने प्रयास भइरहेको छ।