☰ open Loading... 19 September 2024|  

थप ५३ जनामा कोरोना संक्रमण
  | ११ आश्विन २०७९, मंगलवार ०५:१४

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८४ जना निको भएका छन्।