| ११ आश्विन २०७९, मंगलवार ०५:२८
काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ ।आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ । अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगका एक अधिकारीले जानकारी दिए ।