☰ open Loading... 14 March 2025|  

दुल्लुमा पुर्ण स्मृती दिवस……
  | १२ आश्विन २०७९, बुधबार २२:१९

 

 

दिपेन्द्र कार्की बस्ताकोटी , दैलेख – दुल्लुमा आज 20औं पुर्ण स्मृती दिवस मनाइएको छ । तत्कालिन दुल्लु गाबिस २ निवासी नेपाली काँग्रेस का क्षेत्रीय सभापति पुर्ण बहादुर भण्डारिको माओवादी हरुले 20५९ आसिविन 12 गते दुल्लुमा निर्मम हत्या गरेका थिए । सोही दिनको सम्झनामा दैलेख काँग्रेस ले हरेक वर्ष आस्विन १२ लाई पुर्ण स्मृती दिवसको रुपमा मनाउने गरेको छ । दुल्लु नगरपालिका ८ स्थित बालेस्वर पार्कमा रहेको सहिद पुर्ण बहादुर भण्डारिको सालिकमा माल्यार्पण गर्दै आज एक औपचारिक कार्यक्रम गर्दै दिवस मनाइएको छ । स्मृति दिवसको अवसरमा बोल्दै नेपालि काँग्रेस दुल्लु नगर सभापती लाल बहादुर रावतले सहिद भण्डारीको देनकै कारण अहिले सम्म दैलेखमा काँग्रेसले ठाडो शिर बनाएर जनतामाझ पुग्न सकिरहेको बताउनु भयो ।

 

No description available.

 

कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस कर्णाली प्रदेस सदस्य एवं भैरवी ३ का वडा अध्यक्ष भक्ती प्रसाद उपाध्यायले उहाँको शरीर हामी माझ नरहे पनि बिचार अमर छ भन्दै उहाँको हरेक बिचार र गरेका कामको उच्च कदर गर्दै इमानदारी का साथ काम गर्न सक्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम नेपाली काँग्रेस दैलेखका सदस्य शक्ति बुढाले गर्नुभएको थियो ।

 

No description available.