☰ open Loading... 18 October 2024|  

डेंगु संक्रमितको संख्या २८ हजार नाघ्यो, थप २ जनाको मृत्यु
  | १४ आश्विन २०७९, शुक्रबार ०५:२६

काठमाडौंः डेंगु संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

 

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

 

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।