☰ open Loading... 19 September 2024|  

पशुपालन समूहलाई बाख्रा सँगै खोर सामाग्री 
  | १५ आश्विन २०७९, शनिबार ०५:२३

दैलेख  :  पशुपालन समूहलाई बाख्रा सँगै खोर सामाग्री वितरण गरिएको छ । सयुक्त राष्ट्रिय विकास कार्यक्रम र डुगेश्वर गाउँपालिकाको आर्थिक सहयोग र महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालन भएको कोभिड–१९ ग्रिन रिकभरी परियोजना मार्फत तीन पशुपालन समूहका ६० घरधुरीलाई बाख्रा र खोर निर्माण सामाग्री वितरण गरिएको हो ।

महिला सशक्तीकरण मञ्च नेपालका कृषि प्राविधिक संयोजक दिवस  केसीले डुगेश्वर गाउँपालिका –३ मा गठन गरिएका तीन पशुपालन समूहका ६० घरधुरी जनही तीन वटा का दरले एक सय ८० बाख्रा र  खोर सामाग्री वितरण गरिएको  बताए ।उनले कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्केका युवा,एकल महिला, घरेलु हिंसामा परेका महिलाहरूलाई बाख्रा र खोर निर्माण  सामाग्री वितरण गरिएको बताए ।