☰ open Loading... 16 September 2024|  

हातहतियार बुझाउन सुर्खेत प्रशासनको निर्देशन
  | १५ आश्विन २०७९, शनिबार ०५:३०

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको हो।

मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर ईजाजत लिई राखिएका बिभिन्न हातहतियाहरु जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाउन अनुरोध गरेको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन पश्चात फिर्ता पाउने गरी हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गरेको छ।