☰ open Loading... 7 September 2024|  

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु
  | १६ आश्विन २०७९, आईतवार ०५:१९

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । सल्यानकाे कुमाख गाउँपालिका- ६ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेकाे  रा १ ज ७९८ नम्बरकाे जीप जिमालीमा दुर्घटना भएकाे हाे ।

 

मृत्यु हुनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मनबहादुर पुन रहेका प्रहरीले जानकारी दिएकाे छ ।दुर्घटनामा घाइतेहरुकाे उद्धार गरी उपचारका लागि  जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएकाे प्रहरीले जनाएकाे छ ।