☰ open Loading... 19 September 2024|  

दाङमा ९ पदका लागि ९० जनाको उम्मेदवारी दर्ता
  | २६ आश्विन २०७९, बुधबार ०५:१५

दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा ९० जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्य ३ जना र प्रदेशसभा सदस्यका ६ जना गरी ९ पदका लागि ९० जनाको उम्मेदवारी परेको हो ।

 

प्रमुख निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधिसभाका ३ सदस्यका लागि ४४ जना र प्रदेशसभाका ६ सदस्यका ४६ जनाको उम्मेदवारी परेको छ । उमेदवारी दिनेमा १७ जना स्वतन्त्र उमेदवार रहेका छन् प्रतिनिधिसभा तर्फ १० र प्रदेशसभा तर्फ ७ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १२ जना, १ (क) मा ९ जना, १ (ख) मा ६ जनाको उम्मेदवारी परेको छ ।

 

यस्तै निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १५ जना र प्रदेशसभातर्फ २ (क) मा १ स्वतन्त्रसहित ८ र २ (ख) मा पाँचजनाको उम्मेदवारी परेको छ । यस्तै निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा तर्फ ६ स्वतन्त्रसहित १७ जना, प्रदेशसभा तर्फ ३ (क) मा दुई स्वतन्त्रसहित ९ र ३ (ख) मा ४ स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको छ ।