☰ open Loading... 7 September 2024|  

६ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध
  | २७ आश्विन २०७९, बिहीबार ०४:५८

६ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा ठुलो ढुंगाले सडक ढाकेकाले अवरुद्ध भएको हो।

दुई वटा डोजर लगाएर समेत ढुंगा फोड्न नसकेपछि ६ दिनदेखी सडक अवरुद्ध भएको हो। स्थानीय प्रशासन, नगरपालिकाले प्रयास गर्दा पनि असफल भएपछि विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउने तयारी भएको छ। कठिनसंग मोटरसाईकल आवागमन भएपनि अन्य सवारीसाधन चल्न सकेको छैन्।

राजमार्गका धेरै स्थानमा पहिरोले अवरुद्ध भएपनि स्थानीय प्रशासनको अगुवाईमा खुलाईएको छ। ढुंगा ठुलो भएकाले फोड्न नसकिएको दैलेख प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगु जाने यात्रुहरु विच बाटौमै विचल्लीमा छन्। ‘नेता जितेर आफै रमाउँछन्। सडकको अवस्था कस्तो छ भनेर समेत चासो राख्दैनन्।’ यात्रा गरिरहेका बलबहादुर शाहीले भने, पैसा तिरेर पनि गाडी चड्न पाईएको छैन्।

सरकारको बेवास्थाका कारण यति लामो समयसम्म सडक अवरुद्ध हुनु दुःख हो।’ डोजर र मान्छेबाट सम्भव नभएपछि विस्फोटक प्रदार्थ प्रयोग गरेर ढुंगा फुटाउने अन्तिम तयारी भईरहेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए। दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालसहित प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहसहित सरकारी टोली कर्णाली राजमार्ग खुलाउन बुधवार पुगेको छ।

प्रहरीका अनुसार विहिबारसम्म राजमार्ग खुलाउने प्रयास भईरहेको छ। राजमार्ग अवरुद्ध भएको स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेनाले खुलाउने कार्य गरिरहेका छन्।