☰ open Loading... 13 March 2025|  

थप ५१ जनामा कोरोना संक्रमण
  | २७ आश्विन २०७९, बिहीबार ०५:०३

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

 

 

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् भने हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।