☰ open Loading... 19 September 2024|  

दैलेखमा तीन जनाले लिए उम्मेदवारी फिर्ता
  | २७ आश्विन २०७९, बिहीबार ०५:१२

त्यस्तै निर्वाचन क्षेत्र नः २ (क)मा प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य चक्र बहादुर सुनारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय दुल्लुले जानकारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दैलेख निर्वाचन क्षेत्र नः २ को (ख) प्रदेशमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका राजेश कुमार शाहीले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभामा दुई जना स्वतन्त्र सहित आठ जनाले निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन । नेकपा एमाले बाट रबन्द्रिराज शर्मा, गठबन्धन दल बाट नेकपा एकिकृत समाजबादीका अम्मर बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा,राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री कुन्ती कुमारी शाही,नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ,नेपाली काँग्रेस (बिपी)का भुपाल बहादुर थापा, स्वतन्त्रय दय गोपाल नेपाली र निरख बहादुर थापा रहेका छन ।
निर्वाचन क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट लक्ष्मीप्रसाद पोखरेल र सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दिक्पाल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारी, मजदुर किसान पार्टीका केसेन्द्रप्रकाश कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रराज गिरी चुनावी प्रतिष्पर्धामा हुने भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नः १ को (क) प्रदेशमा नेपाली काँग्रेसका पूर्णबहादुर खत्री, नेकपा एमालेका धर्मराज रेग्मी, नेपाल मजदुर किसान पार्टीका जगत् ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका हृदयराज शाही र स्वतन्त्र चित्रबहादुर खत्री उम्मेदवार बिच चुनावी प्रतिष्पर्धा हुने भएको छ । क्षेत्र नं १ प्रदेशसभा (ख) बाट नेकपा एमालेका प्रेमबहादुर थापा, काँग्रेसका कृष्णकुमार बिसी, मजदुर किसान पार्टीबाट लक्ष्मीकुमारी सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रणबहादुर सिंह स्वतन्त्रमा नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य टेक बहादुर खान बिच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नः २ को (क) प्रदेशमा नेकपा एमालेका तिलक प्रसाद रिजाल, नेपाली काँग्रेसका घनश्याम भण्डारी,राष्ट्रिय प्रजातन्त्र पार्टीका यज्ञबहादुर थापा, हाम्रो नेपाल पार्टीका प्रेमबहादुर भण्डारी, नेपाल मजदुर किसान बाट मदनकुमार भण्डारी, स्वतन्त्रमा पुरुषोत्तम रिजाल बिच चुनावी प्रतिष्पर्धा हुनेभएको छ ।

प्रदेश (ख)मा नेकपा एमालेका बिनोद कुमार शाह,नेकपा माओबादी केन्द्र बाट योगेन्द्र बहादुर शाही, नेपाल मजदुर किसान पार्टीका जय बहादुर थापा,राप्रपाका ज्ञानेन्द्र बहादुर शाही बिच चुनावी प्रतिष्पर्धा हुनेभएको छ ।