☰ open Loading... 19 September 2024|  

थप ५१ जनामा कोरोना संक्रमण
  | २८ आश्विन २०७९, शुक्रबार ०५:१०

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ सय २५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४५ जना र १ हजार ६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार १३३ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय २२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ३९६ पुगेका छन् ।