☰ open Loading... 19 September 2024|  

७७ जिल्लामा डेंगु, ४७ जनाको मृत्यु
  | ३० आश्विन २०७९, आईतवार ०५:१५

काठमाडौंः डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु पुष्टि भएको छ ।

 

डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या छ सय ६७ छ ।

 

नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना संक्रमणमुक्त भएका छन् । १२ हजार १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । शनिबार ३० हजार आठ ७६ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।

 

हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् ।