☰ open Loading... 16 September 2024|  

थप ४६ जनामा कोरोना संक्रमण
  | २ कार्तिक २०७९, बुधबार ०५:११

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४२ जन र ६ सय ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ३५१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ७ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ७ सय ३६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ४७९ पुगेका छन् ।