☰ open Loading... 18 October 2024|  

देशभर ५३ कोरोना संक्रमित थपिए
  | ३ कार्तिक २०७९, बिहीबार १८:२४

काठमाडौं : विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा संक्रमण पुष्टि भएको छ ।

 

आज ५१ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यो दर ९८.७ प्रतिशत रहेको हो । सक्रिय संक्रमितको सङ्ख्या सात सय २७ जना पुगेको छ ।

 

सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।