☰ open Loading... 18 October 2024|  

अवरुद्ध सडक खुलाउन जेसीबी लिएर आफै पुगिन उपाध्यक्ष पाण्डे
  | ४ कार्तिक २०७९, शुक्रबार १३:५९

दैलेख –अविरल बर्षातका कारण वडाखोला देखी महाबु गाउँपालिकाको केन्द्र पुग्ने सडक खण्ड मर्मतको काम सुरु भएको छ। वर्षामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त भएको सो सडकको महाबु गाँउपालिकाले मर्मत गर्न सुरु गरेको हो।

बिग्रिएको सडक मर्मतको लागि आफैँ डोजर सहित महावु गाउँपालिकाकी उपाध्यक्ष मञ्जु पाण्डे खटेकी हुन् । उपाध्यक्ष पाण्डेले भनिन् जनताले गरेका विश्वासलाई टुट्न नदिन आफू लागी परेको बत्ताइन । जनताले विश्वास गरेर मत दिएर विजयी गराएको स्मरण गर्दै उपाध्यक्ष पाण्डेले भनिन् जनताका आवश्यकता र समस्या सम्बोधन गर्न पालिका र आफ्नो तर्फ सक्दो सहयोग गर्ने बत्ताइन ।

तिहारमा यातायात साधन सहज रूपले सञ्चालन गर्न सकिने गरी सडक मर्मतको काम थालिएको उनले बताईन् । ‘तिहारमा सहज रूपमा यातायात चल्ने बनाउन सकियो भने पनि स्थानीयलाई धेरै सजिलो हुन्छ’, उनले भनिन् ।

जनताका सबै आवश्यकता पुरा गर्न स्थानीय स्रोत साधनले सम्भव नभए पनि साना र मन जित्ने काम जनप्रतिनिधिले गर्नु पर्ने स्थानीय हिक्मत पाण्डेले बताए ।