☰ open Loading... 18 October 2024|  

गठबन्धनलाई बागीको चुनौती
  | ५ कार्तिक २०७९, शनिबार ०४:५६

कालीकोट । कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा माओवादीकै बागी उम्मेदवार कासिचन्द्र बराल चुनावमा भिड्ने भएपछि कालीकोटको राजनीतिक कोर्ष कसरी अगाडि बढ्ला भन्नेबारेमा अहिले चासोको विषय बनेको  छ ।

 

पूर्व मुख्यमन्त्री शाहीविरुद्व बागी उम्मेदवार दिएका बराल रास्कोट नगपालिकाको पूर्व नगरप्रमुख समेत हुन् । नेकपा माओवादीको आधार क्षेत्र मानिएको कालीकोटमा शाहीविरुद्व स्वतन्त्र उम्मेदवार बराल चुनाव लड्ने भएपछि पाँच दलीय गठबन्दनका साझा उम्मेदवार शाहीलाई निकै चुनौती थपिएको छ ।

 

पार्टी भित्रकै बलियो उम्मेदवार बरालसँगै पूर्व मुख्यमन्त्री शाहीलाई नेकपा एमाले कालीकोटका प्रभावशाली नेता नगेन्द्र शाही नेश्नलसँंग थप चुनौती देखिएको छ । यस्तै अर्को तर्फ नेपाली कांगे्रस कोइराला पक्षको पनि असहयोग हुने निश्चित जस्तै देखिन्छ । कोइराला पक्षमा नेता भुपेन्द्रजंग शाही लगायतका नेताहरु पनि गठबन्दनबाट असन्तुष्ट देखिएका छन् ।

 

कोइराला पक्षको वर्चश्व रहेको कालीकोटमा अधिकांश नेता कार्यकता असन्तुष्ट देखिन्छन् । यस्तै अर्को तर्फ गठबन्दन र मोओवादीकै प्रदेश सभामा लडेका बागी उम्मेदवारदेखि एक निर्वाचन क्षेत्र पाएको कांगे्रस पनि संशकित छ ।