☰ open Loading... 19 October 2024|  

बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने
  | ५ कार्तिक २०७९, शनिबार ०५:०९

सुर्खेतमा देउसी भैलोका लागि निश्चित मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै देउसी भैलो सञ्चालन गर्न अनुरोध गरेको हो ।

प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो समयमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत आग्रह गरे । रिजालले सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरे ।