☰ open Loading... 19 October 2024|  

बबई नदीमा नुहाउन गएका दुई जना किशोरी बेपत्ता
  | ६ कार्तिक २०७९, आईतवार ०५:०४

दाङः बबई नदीमा नुहाउन गएका दुई जना किशोरी बेपत्ता भएका छन् ।शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका– २ सिमलकुुनानिवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४/१५ वर्षीया गोमा चन्द बनेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

तुलसीपुर उपमहानगरपालिका– ११ र दंगीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीनजना किशोरी गएका थिए । तीन जनामध्ये दुईजना पौडी खेल्दै बीचमा गएको उनीहरुसँगै गएकी अर्की दंगीशरण–२ सिमलकुनानिवासी १३ वर्षीया निरुता बस्नेतले बताइन् ।

 

सँगै गएका दुवै साथी डुबेपछि निरुताले स्थानीयलाई खबर गरेकी थिइन् । अहिले प्रहरी तथा स्थानीयको सक्रियतामा बेपत्ता किशोरीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।