☰ open Loading... 20 September 2024|  

रोल्पामा यात्रुबाहक बस दुर्घटना
  | १३ कार्तिक २०७९, आईतवार ०५:१४

रोल्पा। रोल्पामा यात्रुबाहक बस दुर्घटना भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ हाल्वाङबाट दाङ तुल्सिपुरको लागि छुटेको रा १ ख ७३८ नम्बरको बस हान्वाङ वडा नम्बर ८ को कार्यालय नजिक दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा केही यात्रु घाइते भए पनि कसैको ज्यान गएको छैन । अहिलेसम्म घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैको उपचार राप्ती प्रादेशिक अस्पताल र तुल्सिपुर सिटी हस्पिटल तुल्सिपुर दाङमा भई रहेको खबर प्राप्त भएको छ । बसमा १४ जना सवार थिए । घटना कसरी भएको भन्नेबारे भने कुनै जानकारी प्राप्त भएको छैन ।