☰ open Loading... 20 September 2024|  

आम निर्वाचनः २ करोड ३६ लाख मतपत्र छपाइ
  | १३ कार्तिक २०७९, आईतवार ०५:१५

काठमाडौंः निर्वाचन आयोगले हालसम्म दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सकिएको जनाएको छ ।

 

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधिसभातर्फ एक करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको हो ।

 

कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।

 

यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ।