☰ open Loading... 20 September 2024|  

वनभोज खान गएका दुई युवा भेरीमा बेपत्ता
  | १३ कार्तिक २०७९, आईतवार ०५:१८

शनिबार दिउँसो भेरी नदिमा दुई युवा बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरीस्थित भेरी नदिमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका हुन्।

उनीहरुका स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरीद्धारा खोजतलास भईरहेको छ। स्थानीयले पौडी खेल्ने क्रममा बगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। भेरीमा बेपत्ता हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका –३ तातोपानीका १८ वर्षका दिपक थापा, १८ बर्षकै अर्का चन्द्र बिसी रहेको प्रहरीले जनाएको छ।

शसस्त्र प्रहरीको गोताखोरसहितको विपद् उद्धार टोली घटनास्थलमा जाँदै गरेको शसस्त्र प्रहरी बल रक्तकाली गण सुर्खेतका गणपति विमल डाँगीले बताए। उनीहरु बनभोज खान भेरी किनार पुगेका थिए। वनभोज खान भेरी पुगेका युवाहरु पौडी खेल्ने क्रममा बेपत्ता भएको सूचना आएको र उनीहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालयका सुर्खेत प्रवक्ता (डिएसपी) सुरजसिंह कार्कीले नागरिकलाई बताए।