| १३ कार्तिक २०७९, आईतवार ०५:२८
जुम्ला । १९ असोजदेखि जुम्लामा विच्छेद भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत शनिबारदेखि पुन सञ्चालन भएको छ ।बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएसँगै विद्युत सेवा पनि अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालीकोट हुदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । सो क्षेत्रमा बाढीपहिरोले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि जुम्लामा विद्युत सेवा नियमित भएको छ । आधा महिना भन्दा बढी समयसम्म विद्युत अवरुद्ध हुँदा जुम्ला अध्याँरो भएको थियो ।बिजुली आपुर्ति भएपछि सरकारी काममा पनि सजिलो हुने वितरण केन्द्रले जनाएको छ ।