☰ open Loading... 20 September 2024|  

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु
  | १४ कार्तिक २०७९, सोमबार ०५:०८

काठमाडौं : मनकामना मन्दिर दर्शनका लागि पाल्पा बाट तिर्थयात्री लिएर जाँदै गरेको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

 

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर गएको लु ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका–२, मथारमा आज बिहान दुर्घटना भएको हो ।

 

कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा भएको दुर्घटनामा मृत्युहुनेहरुमा दुई पुरुष र ३ जना महिला रहेका छन् । साथै दुर्घटनामा चालक र सहचालक सहित ३० जना घाईते भएका छन् ।

 

मृत्यु हुनेहरुमा पाल्पाको रम्भा १ हुँगी बस्ने ४१ वर्षीया तारा विक, सोही स्थानका १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौर बस्ने ४५ वर्षीया फुल मायाँ माझी रहेका छन् । पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो।

 

चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणगढ पठाइएको छ ।

 

बस अनियन्त्रित भई कालीगण्डकी करिडोरबाट झण्डै सय मिटर तल खसेको यात्रुहरुले बताएका छन् ।