☰ open Loading... 5 February 2025|  

आगलागीबाट ४ लाख बराबरको क्षति
  | १९ कार्तिक २०७९, शनिबार ०५:११

कालिकोट, । जिल्लाको रास्कोट नगरपालिका–३ हेप्कोटमा एक घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको छ । स्थानीय पदमबहादुर शाही (धामी) को घरमा आगलागी हुँदा २६ हजार रुपैयाँ नगद, आधा तोला सुन, चाँदीका बाला, लत्ताकपडासहितका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

दिउँसो घरमा कोही नभएको बेला एक्कासी आगलागी भएको पीडित शाहीले बताए । ‘छोरालाई काठमाडौं पठाउनका लागि ऋण लिएको थिएँ, त्यही पैसा पनि जलेर नष्ट भयो ।’ उनले भने । पीडित शाहीका अनुुसार आगलागीबाट घरमा रहेको १ क्विन्टल मकै, कोठका सामग्री, घर छाउन प्रयोग गरिएका पत्थरसहित घरको माथिल्लो भाग पूर्णरुपले जलेर नष्ट भएको छ ।

 

घरमा रहेको सम्पूर्ण धनमाल जलेर नष्ट हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएका अस्थायी प्रहरी चौकी मुम्राले जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित शाहीको परिवार छिमेकीको सरणमा छन् ।