☰ open Loading... 21 September 2024|  

निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी
  | २३ कार्तिक २०७९, बुधबार ०५:०७

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीमा निर्वाचन केन्द्रित सुरक्षा संवेदनशिलका विषयलाई चासोका साथ लिइएको हो।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको थियो। कार्यक्रममा १० जिल्लाको सुरक्षा अवस्था तथा सुरक्षा संवेदनशिलका विषयमा आफ्नो जिल्लागत प्रस्तुतिकरण गरिएको थियो।

कर्णालीका १० जिल्लामा मध्ये ६ जिल्लाका जिल्ला सुरक्षा समितिका अधिकारीहरु सहभागी छन्। कालिकोट, जुम्ला, हुम्ला र डोल्पाका सुरक्षा अधिकारीहरुले जुम मार्फत बैठकमा सहभागी भएका छन्।

कार्यक्रममा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह, आन्तरिक मामिला मन्त्री हिमबहादुर शाही, नेपाली सेनाका रथी सरोजप्रताप राणा, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, शसस्त्र प्रहरी वलका शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कानुन मन्त्रालयकाका सचिव दिनेश सागर ढकाल लगायतको सहभागी रहेको थियो।

कार्यक्रममा प्रदेश सुरक्षा प्रमुखहरु सहभागी थिए। गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता फणिन्द्रमणी पोखरेलले निर्वाचनका बेला सुरक्षा निकायले गर्नुपर्ने काम, कर्तव्यका बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए।

सुरक्षा गोष्ठीले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराउन र आवश्यक सहयोग लिन सहज हुने एक सुरक्षा अधिकारीले बताए। निर्वाचनलगायत अन्य सुरक्षासँग सम्बन्धीत विषयमा सुरक्षा गोष्ठीमा छलफल भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।