☰ open Loading... 20 September 2024|  

थप ७ जनामा कोरोना संक्रमण
  | २४ कार्तिक २०७९, बिहीबार ०५:१३

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २४९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ सय ३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ६ सय १२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि नभएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९५१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ६७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार १८० पुगेका छन् ।