☰ open Loading... 20 September 2024|  

डेंगु संक्रमितको संख्या बढ्यो
  | २५ कार्तिक २०७९, शुक्रबार ०५:०५

डेंगु संक्रमितको संख्या बढ्यो

 

 

काठमाडौं : देशभर डेंगु संक्रमितको संख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेंगु संक्रमित थपिएसँगै बुधबारसम्म संक्रमितको संख्या ११ हजार एक सय ७७ पुगेको हो ।

 

तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै डेंगुबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको हो  । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेंगुका संक्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना संक्रमित भइसकेका छन् ।

 

यस्तै डेंगुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौंमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ संक्रमित छन् ।