☰ open Loading... 20 September 2024|  

थप १६ जनामा कोरोना संक्रमण
  | २५ कार्तिक २०७९, शुक्रबार ०५:०७

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८३७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै १ हजार २२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९६७ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ६३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार १९३ पुगेका छन् ।