☰ open Loading... 28 February 2025|  

दैलेखमा मदिराजन्य पदार्थको विक्री वितरणमा रोक
  | २६ कार्तिक २०७९, शनिबार ०५:२०

दैलेख  :  जिल्ला प्रशासन कार्यालय दैलेखले आसन्न मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मदिरा जन्य पदार्थको विक्रि वितरणमा रोक लगाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षता र जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख,उम्मेदवार ,प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु नागरिक समाज समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूणर् रुपमा रोक लगाउने निणर्य भएको हो । यस्तै मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यलय दैलेखले जानकारी दिएको छ ।