☰ open Loading... 20 September 2024|  

देउवालाई अध्यक्ष ओलीको जवाफ :प्रचण्डको संगत गरेपछि किन तपाईं बन्दुके भएको?
  | २८ कार्तिक २०७९, सोमबार ०५:३३

 

 

दैलेख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताएका छन् । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उनले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतार राष्ट्रिय हितको संरक्षण गरी देशको गौरव बढाउने एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे।

दैलेखमा ज्वालामुखी अनुसन्धान आफूले नै गराएको दाबी गर्दै उनले भने,पानीमा ज्वाला बलेको उहिल्यै सबैले देखेका थिए तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, उत्खनन पक्कै हुन्छ ।

 

No description available.

 

 

विसं २०५१ मा एमालेको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमबाट भएको गाउँ विकासबाहेक खासै परिवर्तन भएको छैन भन्दै उनले त्यतिबेला एमाले सरकारले गाउँको विकासको शुरुवात गरेको बताए ।
यस्तै अध्यक्ष ओलीले बन्दुकले मान्छे मार्ने मात्रै हो , प्रचण्डको संगत गरेपछि के भयो र तपाईं बन्दुके भएको भएको प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्न गरेका छन् ।उनले भने, वार्ता र छलफलबाटै गुमेका नेपाली भूमि फिर्ता ल्याउने दाबी गरेका छन् । उनले भने सर्वोच्च अदालतले गठबन्धन जन्माएको आरोप लगाएका छन् । सर्वोच्च अदालतकै आदेशमा अहिलेको पाँच दलीय गठबन्धनको सरकार बनेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गरे ।देश अस्थिरतातर्फउन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताए । उनले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाए । कार्यक्रममा दैलेखका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।