☰ open Loading... 26 February 2025|  

एमयुका सहायक डिन र सहप्राध्यापकविरुद्ध मुद्दा दायर
  | २९ कार्तिक २०७९, मंगलवार ०५:२७

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरुविरुद्द प्रश्न पत्रको गोपनियता भंग एवं परीक्षाको  परिणाम फेरबदल गरेको अभियोगमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सवै विषयका लािग न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमत्तो गरी छनौट प्रकृया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोप पत्र विशेष अदालतमा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले एक प्रेस वक्तब्य मार्फत सार्वजनिक गरेका छन्।

कसुर पुष्टी भए भ्रष्टचार निवारण ऐन, २०५९ को परिच्छेद –२ मा भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी ब्यवस्थाअनुसार तीन महिनादेखि एक वर्ष कैंद र पाँच हजारदेखि दश हजारसम्म जरिवाना हुनसक्छ।