☰ open Loading... 19 September 2024|  

गठबन्धन १५ वर्षसम्म कायम रहन्छः प्रचण्ड
  | २९ कार्तिक २०७९, मंगलवार १८:०८

यामराज विष्ट दैलेख, २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन अनुकुल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने बताएका छन् ।

 

मंगलबार दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने चुनावले संविधान रक्षा गर्ने बताए । साथै उनले वर्तमान सत्ता गठबन्धन १५ वर्षसम्म कायम रहने बताए ।

 

देशको रक्षाका लागि गठबन्धनको आवश्यक रहेको भन्दै उनले दुल्लुको विकासका लागि आफू सदैव लागि पर्ने बताए ।