☰ open Loading... 19 September 2024|  

संविधानको रक्षाका लागि गठबन्धनलाई मतदानः देउवा
  | ३० कार्तिक २०७९, बुधबार ०४:५६

यामराज विष्ट दैलख, कात्तिक । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेले संविधानको रक्षाको लागि सत्ता गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । दैलेखको दुल्लुमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

 

सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको हो, यो दीर्घकालसम्म रहन्छ, त्यसैले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुस् ।’

 

संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो । ‘ओलीजीले दुई पटक संसद विघटन गर्नुभयो, हामी संसदको पूर्ण कार्यकाल राख्न चाहन्छौँ’ कार्यक्रममा उनले भने ।