☰ open Loading... 22 June 2024|  

उद्योग कलकारखानामा मंसिर ४ र ५ गते बिदा दिन गृहको निर्देशन
  | २ मंसिर २०७९, शुक्रबार ०५:०५

काठमाडौंः गृह मन्त्रालयले निर्वाचनका लागि दुई दिन उद्योग कलकारखाना बिदा गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनका लागि मंसिर ४ र ५ गते सबै उद्योगहरु बन्द गर्न निर्देशन दिएको हो ।

 

मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने सरकारबाट निर्णय भएको हुँदा निजी क्षेत्रले पनि सो दिन प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेतमा सार्वजनिक बिदा दिन भनेको हो ।

 

‘प्रस्तुत विषयमा मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा त्यहाँ तथा त्यहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।