☰ open Loading... 24 July 2024|  

कालीकोटमा महेन्द्रबहादुर शाहीको ‘ह्याट्रिक’
  | १० मंसिर २०७९, शनिबार ०५:२८

कालीकोट। कालीकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शाहीले २४ हजार ४ सय ७४ मत प्राप्त गरेका थिए ।

 

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४ सय १० मत प्राप्त गरेका छन् । निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुन् ।

 

यसअघि २०७० र २०७४ मा पनि उनले चुनाव जितेका थिए । २०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा सदस्यामा निर्वाचित बनेका हुन् । माओवादीभित्र प्रभावशाली नेताको छवि बनाएका उनी राष्ट्रिय राजनीतिमा प्रभाव बढाउनका लागि प्रतिनिधिसभा रोजेको बताउछन् ।