☰ open Loading... 21 November 2025|  

कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित
  | १० मंसिर २०७९, शनिबार ०५:३४

कालीकोट । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कालिकोट (२) बाट निर्वाचित भएका हुन्। विष्टले सात हजार नौ सय ४४ मतले नेकपा (एमाले) का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका हुन्। उनले १३ हजार सात सय ८३ मत पाएका छन् ।