| १५ मंसिर २०७९, बिहीबार ०५:०७
अछाम । अछाममा तरुल खन्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्यु भएको छ ।मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माइला छोरा १४ वर्षीय गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउँमा तरुल खन्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्यु भएको हो ।
आज दिउँसो दुई भाइसँगै तरुल खन्न गएका र दाइको ठूलो ढुंगामा च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ । कान्छा भाइले खबर गर्दा गाउँमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताए ।मृतक बालक मंगला नेपाल राष्ट्रिय माद्यामिक विद्यालय ओलिगाउँमा कक्षा ५ मा अध्ययनरत थिए ।