☰ open Loading... 16 November 2024|  

कर्णालीमा निरन्तरता कि नयाँ मुख्यमन्त्री !
  | २१ मंसिर २०७९, बुधबार ०५:१५

समानुपातिक सहित ४० सांसद रहेको कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बहुमत भए पनि पहिलो कसको बन्ला? सबैको जिज्ञासाको विषय रहेको छ।

काँग्रेसबाट भएका मुख्यमन्त्रीले निरन्तरता पाउँला कि माओवादीबाट नयाँ मुख्यमन्त्री बन्लान् त ! चर्चाको विषय बनेको छ। निर्वाचन आयोगले समानुपातिक मत गणना सकिएसँगै नयाँ सरकारको चर्का चुलिएको हो।

नेपाली काँग्रेसले अहिलेका मुख्य मन्त्री जीवनबहादुर शाहीलाई निरन्तरता दिनका लागि कसरत गरेको छ भने माओवादीले मुख्य मन्त्री आफ्नो बनाउन केन्द्रदेखि तयारी गरेको छ। 

माओवादीले मुख्य मन्त्री पाए रुकुम (पश्चिम) का राजकुमार शर्मा र सुर्खेतका विन्दमान विष्टको नाम चर्चामा छ। काँग्रेसले पाए बहानवाला मुख्यमन्त्री जीवनबहादुर शाही निविकल्प जस्तै हुन्। तर, जाजरकोटबाट राजिव विक्रम शाहले दाबी गरे काँग्रेसमा मुख्यमन्त्री को हुने भनेर छलफलको विषय बन्ने समेत देखिन्छ। सत्ता गठबन्धन भत्किए माओवादी या काँग्रेस एमालेसँग मिलेर सरकार बन्न सक्ने आंशका पनि उस्तै छ।

कर्णालीमा प्रत्यक्ष तर्फ २४ सिटमा काँग्रेस ९, माओवादी ९, एमाले ५ र स्वतन्त्र १ जनाले जितेका छन्। समानुपातिकको अन्तिम मत परिणाम अनुसार कर्णालीमा काँग्रेस ५, एमाले ५, माओवादी ४, राप्रपा र समाजवादी १÷१ सिट ल्याउनेछन्। समानुपातिक सहित माओवादी र काँग्रेसको २७ सिट पुग्छ। सरकार बनाउन २१ सिट चाहिन्छ। स्वतन्त्र सांसद काँग्रेसमा फर्किए सरकार बनाउन २८ सांसद पुग्ने देखिन्छ।