☰ open Loading... 15 November 2024|  

जाजरकोट जीप दुर्घटनाः मृत्यु हुनेको संख्या ११ पुग्यो
  | २७ मंसिर २०७९, मंगलवार ०५:१०

जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।

 

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

 

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

 

जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो जीपमा १२ जना सवार रहेका थिए । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिए ।