☰ open Loading... 16 November 2024|  

चार उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
  | २९ मंसिर २०७९, बिहीबार ०५:१२

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका चार जना उम्मेदवारले अझै   निर्वाचन खर्च बुझाएका छैनन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा हुम्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका थिए ।

 

यीमध्ये उम्मेदवार बनेका हुम्लाका ९ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् भने बाँकी चार जनाले बुझाउन सकेका छैनन् । निर्वाचन खर्च नबुझाउनेमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा माओवादी केन्द्रबाट निर्वाचित छिरिङ डम्डुल लामा ले भने अझै खर्चको विवरण बुझाएका छैनन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमध्ये तेजबहादुर रावत राप्रपा र दल रावल नेकपा एमालेले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

 

यस्तै प्रदेशसभा सदस्य पदका ‘क’ बाट उम्मेदवार बनेका दल फडेरा एमाले मंगलबहादुर शाही स्वतन्त्र र रणसिंह परियार माओवादी केन्द्रले भने खर्च विवरण बुझाएका छन् ।  परियार निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेश सभा ‘क’मा पाँच जनाले उम्मेदवारी दिएकोमा छापे ऐडी राप्रपा र हस्तबहादुर शाही नेकपा एकीकृत समाजवादीले खर्च विवरण बुझाएको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । त्यस्तै, प्रदेश सभा ‘ख’मा पाँचै जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ ।

 

खर्च विवरण बुझाउनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही कांग्रेस, सुमन रावत राप्रपा नेपाल, बलीराज शाही जनता समाजवादी, नैनसिंह रावत राप्रपा र छक्कबहादुर लामा एमालेका उम्मेदवार रहेका छन् । हालसम्म ९ जना उम्मेदवारले चुनावी खर्च विवरण पेश गरेका छन् ।