☰ open Loading... 20 September 2024|  

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
  | ३ पुष २०७९, आईतवार ०५:१६

काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको जनाएको छ । नयाँ मूल्य गएराति १२ बजेबाट लागू भएको छ । मूल्य घटेसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ ।

यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य घटाइएको निगमले जनाएको छ। एलपी ग्यासको भने मूल्य यथावत छ ।