☰ open Loading... 19 September 2024|  

अर्जेन्टिनालाई विश्वकपको उपाधि
  | ४ पुष २०७९, सोमबार ०५:१२

काठमाडौंः अर्जेन्टिनाले कतारमा आयोजित फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले कतार विश्वकप फुटबलको उपाधि जितेको हो ।

 

अर्जेन्टिनाका लागि लियोनल मेस्सी, डिबाला, पेड्रेस र मोन्टरेलले गोल गरेका थिए । फ्रान्सका लागि एम्बाप्पे, कोलु मोनले मात्रै गोल गर्दा कोम्यान र टाउचमनको प्रहार विफल भएको थियो । अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो ।

 

निर्धारित समयमा र अतिरिक्त समयमा गरी ३–३ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको थियो । निर्धारित ९० मिनेटको खेल दुई दुई गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । १०८ औं मिनेटमा मेस्सीले गोल गर्दा व्यक्तिगत दोस्रो गोल भएको थियो । पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले अन्तिम १० मिनेट सम्हालिन नसक्दा २ गोल खान पुग्यो ।