☰ open Loading... 19 September 2024|  

बासमती चामल ढुवानी शुरु
  | ४ पुष २०७९, सोमबार ०५:१४

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बासमती चामलको ढुवानी शुरु गरेको छ । उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने योजनाअनुसार चामल ढुवानी शुरु भएको शाखा प्रमुख कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

 

खाद्य कम्पनीको हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्जबाट ढुवानी हुने अनुदानको खाद्यान्नमध्ये बासमती चामल ढुवानी शुरु भएको हो । उपभोक्ताको माग र गुणस्तरीय खाद्यान्न सबैलाई पु¥याउन गत वर्षदेखि बासमती चामल ढुवानी हुन थालेको बताए ।

 

हालसम्म नेपालगञ्जबाट तीन सय क्विन्टल चामल हवाई मार्गबाट ढुवानी भएर आएको र यस वर्ष एक हजार पाँच सय क्विन्टल बासमती चामल हुम्लामा आउने बताए । गत वर्ष तीन हजार क्विन्टल बासमती चामल आएको थियो । खाद्य कम्पनीले उक्त चामल सर्वसाधारणलाई प्रतिकेजी ११० रुपैयाँ र कर्मचारीलाई ११२ रुपैयाँमा बिक्री गरेको थियो ।

 

चालू आर्थिक वर्षका लागि हवाई मार्गबाट १० हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको छ । बासमतीबाहेक अन्य किसिमको चामल पनि ढुवानी भइरहेको छ । खाद्य कम्पनीले नेपालगञ्जबाट प्रतिकेजी १६० रुपैयाँ र सुर्खेतबाट १५५ रुपैयाँ ढुवानी भाडा तिर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले जनाएको छ ।