☰ open Loading... 19 September 2024|  

गाउँमै निःशुल्क आँखा उपचार
  | ५ पुष २०७९, मंगलवार ०५:१४

जुम्ला । ५ वर्षअघिदेखि टाढाको मान्छे चिन्न छाडेकी हिमा नगरपालिका १ की ६५ सेतु वर्षीया शाही आँखाको ज्योति दिनदिनै कमजोर हुँदै गएको थियो । मोतिबिन्दुका कारण आँखा कमजोर हुँदा उनलाई घरको कामकाज गर्नसमेत समस्या भइरहेको थियो । तर आर्थिक अवस्था कमजोर हुँदा उनको उपचार हुन सकेको थिएन । हिमा गाउँपालिका–१ देवरगाउका  लछीराम अधिकारीको समस्या पनि सेतु शाहीको भन्दा फरक थिएन । आँखाको ज्योति कमजोर हुँदा उनी गाउँभन्दा बाहिर जान छाडेका थिए । अहिले उनीहरू दुवैको समस्या हल भएको छ ।

 

उनको आँखाको ज्योति फर्किएको छ । गाउँमा सञ्चालन भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया भएपछि उनीहरूको दृष्टि फर्किएको हो । कादरी  एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल पोखराको प्राविधिक आर्थिक सहयोग र हिमा गाउँपालिकाको आयोजनामा निःशुल्क आखाँ शिविर आयोगना गरेपछि स्थानीयले गाउँघरमै आँखाको उपचार पाउन थालेका हुन् । हिमा गाउँपालिकाले वडा नम्मर १ बड्कीको कालिका माध्यामिक विद्यालयमा चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि स्थानीय बासीले गाउँमै उपचार सेवा पाएको हिँमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकार दिएका छन् ।

 

पुस २ देखि ४ गते सम्म शिविर सञ्चालन गएको हो । शिविरमा विभिन्न रोगका करिब तीन सय ७६ जनाले सेवा लिएको अध्यक्ष शाहीको भनाइ छ । हिमा गाउँपालिकाका स्थानीयवासीले स्त्रीरोग सम्वन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतियाविन्दुको शल्यक्रिया, दातको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधि वितरण गरिएको छ । नौ जना आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिएका छन् ।

 

पालिकाको बड्की, देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडासहित आसपासका अन्य गाउँका मानिसहरु पनि निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्ने आएका थिए । गाउँमै स्वास्थ्य शिविर संचालनमा आएपछि यहाँका नागरिकलाई निकै राहत मिलेको स्थानीयवासी पदम बहादुर  शाहीले जानकारी दिएका छन् । गाउँमै सेवा उपलब्ध हुँदा स्थानीय बासी खुसी भएका छन् ।