☰ open Loading... 7 September 2024|  

एमालेको संसदीय दलको नेतामा केपी ओली चयन
  | ६ पुष २०७९, बुधबार ०५:१४

काठमाडौं : नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।

 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ ।