☰ open Loading... 16 September 2024|  

राप्रपा संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत चयन
  | ६ पुष २०७९, बुधबार ०५:१५

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन भएका छन् ।

 

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई दलको नेतामा चयन गरेको हो ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उनी सर्वसम्मत दलको नेतामा चयन भएका हुन् ।‍‍‍ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ ७ र समानुपातिक गरी १४ सिट जितेको थियो ।